हुलाकी न्यूज,जनकपुरधाम : पूर्वपश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका-३ शम्भुनाथ मन्दिरको गेट अगाडि शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको एम्बुलेन्सलाई ठक्कर दिएको छ।

सिरहा औषधी व्यवसायको स१च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक सिरहाको सुखिपुर बस्ने ५० वर्षीय छेदीलाल कामतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

मृतकको शवलाई पोष्टमार्टमका लागि रामकुमार उपाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको छ भने ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको छ । बसका चालक भने फरार भएको उनले बताए ।चालकको खोजी कार्य तिव्र रुपमा भइरहेको सप्तरी प्रहरीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.