हुलाकी न्यूज, काठमाडौँ : राजधानीमा बिहीबार राति चलेको भयानक हुरी बतासका कारण हवाइ उडान प्रभावित भएको छ । हावाहुरीका कारण आहा राति ९ बजेदेखि १० बजेको बीचमा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा जहाज अवतरणका साथै उड्न सकेनन् भने जहाज लामो समय होल्ड हुँदा डाइभर्ट समेत भएका छन् ।

नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मलेसियाबाट आएको हिमालयन एयरलाइन्सको विमान आकाशमै लामो समय होल्ड हुन पुग्यो भने अन्तिम समयमा भारतको वाराणसी डाइभर्ट गरियो ।

करिब १० बजेदेखि भने हुरी रोकिएकाले विमानस्थल पुनः सहज अवस्थामा सञ्चालनमा आउन समस्या नहुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.