हुलाकी न्यूज,जनकपुरधाम : भारतको राजधानी नयाँदिल्लीमा सप्ताहन्तमा कर्फ्यू लगाइने भएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार साप्ताहिक विदाका दिन कर्फ्यू लगाउने घोषणा गरेको छन्।

पत्रकारहरूसँग कुराकानी गर्दै दिल्लीमा जारी कोरोनाभाइरस संक्रमणको चौथो लहर धेरै नै गम्भीर भइरहेको बताए।

कोरोनाभाइरसको संक्रमण दिनप्रति दिन बढ्दै गएको हुँदा त्यसलाई मध्यनजरमा राखेर कडा प्रतिबन्ध लगाउन बाध्य भएको उनले बताए।

मुख्यमन्त्री केजरीवालले दिल्लीवासीलाई कोभिड बेडहरूको कमी नभएको पनि आश्वासन दिए।

उनले दिल्लीमा आजमात्रै ५ हजार बेडहरू उपलब्ध भएको र त्यसलाई अझै बढाउने कोशिस गरिरहेको बताए।

हप्ताभरि काम हुने दिनमा सबैजना आफ्नो कामका लागि आउजाउ गरिरहन्छन्।

तर सप्ताहन्तमा अधिकांश मानिसहरू मनोरञ्जनका लागि बाहिर निस्किन्छन्, केजरीवालले भने,सप्ताहन्तमा धेरैलाई समस्या हुन्न।

यस्तो गर्नुको कारण कोरोना संक्रमणको चेनलाई तोड्नु हो।

उनले उपराज्यपालसँग छलफल गरेपछि कर्फ्यु लगाउने निर्णय लिएको बताए।

दिल्ली सरकारले मल, जिम, स्पा, सभाहल बन्द गर्न निर्देशन दिएको छ। सिनेमाघरहरूमा ३० प्रतिशत राखेर चलाउन भनिएको छ।

त्यस्तै, रेष्टुरेन्टमा बसेर खान मनाही गरेको छ। साभार सेतोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.