हुलाकी न्यूज,काठमाडौ : यही वैशाख ६ र ७ गते दुई दिन बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाउने तयारी गरेको जनाएको छ ।
कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कार्यक्रम सन्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
गत वर्ष कोरोनाका कारण गरिएको लकडाउनले भिटामिन ए खुवाउने तथा अन्य खोप कार्यक्रम समेत प्रभावित भएको थियो।
मन्त्रालयले सार्वजानिक सूचना जारी गर्दै यो वर्ष सबै अभिभावकले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्दै बालबालिकालाई भिटामिन ए को क्याप्सुल र जुकाको औषधि तोकिएको ठाउमा लगेर खुवाउन अनुरोध गरेको हो।
कार्यक्रममा १२ देखि ५९ महिना सम्मका बालबालिकालाई लक्षित गरिएको छ।



