हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकामा कविर सत्यसंग भवन शिलान्यास सम्पना भएको हो।

धनुषा क्षेत्र २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाको सांसदीय कोषबाट सत्यसंग भवन निर्माण हुने गरिएको छ।

साँसद अरगरियाले एक कार्यक्रमबीच शहिदनगर नगरपालिका १ बघबन टोलमा कविर सत्यसंग भवनको शिलान्यास गरेका हुन्। त्यस अवसरमा सांसद अरगरियाले यस क्षेत्रको विकासका लागि आफू सँधै तत्पर रहने बताएका छन्।


बघबनमा कविर सत्यसंग भवन नहुँदा स्थानीय वासीलाई कुनै भेला, कार्यक्रम गर्न समस्या हुन गरेको मध्यनजर गर्दै सत्यसंग भवन निर्माण गरिने उनले बताए । सांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो भवन निर्माण हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.