हुलाकी न्यूज,जनकपुरधाम : मिथिलांचलमा लोपहुँदै गएको जुडशितल पर्व र यसको ईतिहासलाई कायमै राख्नको लागि जनकपुरधामका समाजसेवी प्रत्येक वर्ष हिलोपानीको आयोजना गरी जुडशितल जनकपुरधामको पवित्र सरोवर गंगासागरको घाटमा भव्यता साथ मनाइयो ।

प्रकृति र संस्कृतिको मिश्रण जुडशितलको दिनमा रुख विरुवामा जल अर्पण गरिन्छ र ठूला बडाले घर परिवारको कान्छो सदस्यलाई टाउकोमा जलराखी बर्ष भरी शितल रहन र प्रगतिको कामना सहित आशिर्वाद प्रदान गरिन्छ ।
 संस्कृति र प्रकृती बिचको सम्बन्ध रहेको तथा वन,वनस्पती र जलको संरक्षण र स्वच्छता तर्फ सचेत भै संरक्षित र सुरक्षित प्राकृतिक सम्पदा आउने पुस्तालाई हस्तान्तरण गर्न सचेत रहनुपर्छ भन्दै एक अर्कालाई माटोको टिका र टाउकोमा जल दिएर जनकपुरधामको गंगासागरमा शुभकामना आदानप्रदान गरी कार्यक्रम सम्पन्न भएको छ ।
अधिवक्ता तथा सेभ हिस्टोरिकल जनकपुरधामका अध्यक्ष राजकुमार महासेठको अध्यक्षतामा कार्यक्रममा सम्पन्न गरियो ।
यस कार्यक्रममा जनकपुरधाम उधोग वाणिज्य संघको उपाध्यक्ष अम्भु प्रसाद साह,पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष तथा बरिष्ठ पत्रकार राजेश कुमार कर्ण,प्रमुख अतिथी मदेशी आयोगका अध्यक्ष प्रा.डा बिजय दत्त, बिशिष्ट अतिथि तथा स्वच्छता अभियानी र सेभ हिष्टोरिकल जनकपुरधामको प्रमुख संरक्षक माननीय राम आशिश यादव, निती आयोगको उपाध्यक्ष प्रा.डा भोगेन्द्र झा,अभियानी सुरेश शर्मा, वार्ड न २ का सदस्य अमित कुमार लगायतका सञ्चारकर्मी ,नागरिक समाजका बिशिष्ट व्यक्तित्व र युवा अभियानिहरूको उपस्थिती रहेको थियो ‌।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.