हुलाकी न्यूज,जनकपुरधाम : उदयपुरमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

हिजो बेलुका साढे ५ बजे मोवाईल चार्ज गर्ने क्रममा कटारी नगरपालिका–४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगरको करेन्ट लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा दनुवारलाई करेन्ट लागकाे थियो । करेन्टले घाईते भएकी उनलाई उपचारको लागी शान्ति हेल्थकेयर केन्द्र मिर्चैया सिरहा लगिएकोमा उपचार सुरू नहुँदै उनको मृत्यु भएको हो

ईलाका प्रहरी कार्यालय कटारीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.