हुलाकी न्यूज,जनकपुरधाम : सिराहाको पतारीमा लाग्दै आएको ऐतिहासिक सल्हेश फूलबारी मेला गत वर्ष पनि कोरोनाका कारण प्रशासनले रोक लगाएको थियो भने यसपालि पनि कोरोनाको दोस्रो लहर चलेपछि प्रशासनले मेला नलगाउन आग्रह गरेका छन्।

सिराहामा प्रत्येक वर्ष नयाँ सालको अवसरमा सिराहा, लहान, भगवानपुर, लक्ष्मीपुरलगायतका पालिकाका विभिन्न स्थानमा फूलवारी मेला, सल्हेश मेला, मानिकदह पकरिया मेलालगायत बढी भीडभाड हुने मेला, जग, धार्मिक एवं प्रवचन कार्यक्रम, मौतका कुवा, सांस्कृतिक कार्यक्रम, मेला जस्ता बढी भीडभाड हुने कुनै पनि कार्य नगर्न नगराउनसमेत आग्रह गरिएको छ।

१ वैशाखमा लाग्ने सल्हेश फूलबारी मेलामा छिमेकी मुलुकबाट समेत श्रद्धालु आउने गर्छन् । कोभिड-१९ को जोखिम कायमै रहेकाले मेला, धार्मिक कार्यक्रम, उत्सव जस्ता बढी भीडभाड हुने स्थानमा नजान पनि जिल्ला प्रशासनको आग्रह रहेको छ।

पुजारीले सामान्य पूजापाठ भने गर्ने तर भीडभाड हुने कार्य नहुने उनले जानकारी दिइन् । १४औं शताब्दीका राजा सल्हेशको सम्झनामा सल्हेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झना स्वरुप १ वैशाखमा परम्परागत मेला आयोजना हुन्छ।

लहान बजारदेखि चार किलोमिटर पश्चिम-दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको सल्हेश फूलबारीको मध्यभागमा हारमको रुखमा हरेक वर्षको अन्तिम दिन माला आकारमा फूल फुल्छ ।

मेलाको भोलिपल्ट दिन ढल्दै जाँदा विस्तारै फूल पनि ओइलिएर जान्छ । यही अनौठो फूल हेर्न पनि यहाँ टाढा-टाढाबाट श्रद्धालु आउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.