शम्भु पंडित
हुुुुुलाकी न्यूूूूूूज,जनकपुरधाम : धनुषाको सबैला नगरपालिका अन्तर्गत वाड नम्बर ४ स्थित बल्टिया टोलको एक समुदाय भवनमा वाडाको नेतृत्व र अपन मिथिला सेवा समाजको सहियोगमा संचालन रहेको सिलाईकटाईको तालिममा परियोग हुने सिलाई मसिन चोरी भएको छ।
अप्पन मिथिला सेवा समाज नेपाल संस्थाद्वारा घरेलु सिपका लागि उक्त संस्थाले यस वाडमा सिपमुलक तालीम सुचारु गरेको थिए।कोभिड १९को कारण बन्द रहेको तालीम अहिले सम्म सुचारु नभएकोले उक्त मसिन सामुदायिक भवनमै थन्क्याएर राखिएको थिए।मसिनको हेरचाह नहुदा मसिन चोरी भएको स्थानीयहरुको गुनासो छन।
भने सिलाई मसिन २७ गतेकै मध्यराती चोरी भएको अनुमान छ।मसिन चोरेर पटेर्वा हुँदै सहिदनगरपालिको वाड नम्बर १बेरिया टोल लगदै गरेको बेला पटेर्वाको एक जना स्थानीय राती पिसाब फेर्न निस्केको बेला संका लागेको भनेर राती कसैलाई कुनै खबर नगरे पनि बिहान टोलमा बिस्तारै हल्ला चलेपछि खोजतलास सुरु गर्दा बल्टियाको सामुदायिक भवनमा रहेको सिलाई मेसिन चोरी भएको थाह पाए।यता मसिन चोरी भएको थाहा वाडा नम्बर ४को वाड अध्यक्ष कुशेश्वर ठाकुरले थाहा पाए पछि तत्कालै ईलाका प्रहरी कार्यालय सबैलालाई जानकारि गराए।
प्रहरीले जानकारी पाउन साथ चोरी भएको स्थानमा पुगेपछि अनुसंधान गर्दा संकाको अधारमा २ जनालाई पक्राउ गरे । पक्राउ परेपछि चोरले आफुलेनै चोरि गरेको प्रहरी संग सिकार गरे ।यता चोरिको आरोपमा सबैला नपा ४बस्ने रामबाबु यादव र सोही वाड बस्ने गजेन्द्र पासमान पक्राउ परेका छन भने एक जना अझै फरार रहेको इलाका प्रहरी सबैलाका सहायक प्रहरी निरीक्षक नन्दकिशोर शिंहले बताएका छन।
यता वाडमा बेलाबेलामा विभिन्न किसिमको समानहरु चोरी हुँदै आएकोबारे हामिले वाड अध्यक्ष कुशेश्वर ठाकुर संग सोधे चोरहरुलाई कार्यवाही हुन्छ कि राजनीति सपोटमा छुटछ वाड अध्यक्षले हामी संगको कुराकानीमा भने कुनै पनि हालतमा कार्यवाही गराउछौ।यस्ता चोरहरुले गर्दा वाड बदनाम रहेको बताए।
अप्पन मिथिला सेवा समाज नेपाल संस्थाकाे लापरबाहीले गर्दा चाेरि भएको आराेप लगाएको छ । यता सिलाइ मसिन बितरण गरिसके पछि एक चाेटि पनि वाडमा घुमन वा केहि समस्या भइरहेको छ कि छैन साेधपुछ पनि गर्ने आएन उहाले बताए ।चाेरि भएकाे सिलाइ मसिन संस्थालाई थाह छ कि छैन हामीलाई थाह छैन तर उहाले एकचाेटि एकसन लिएन उहाहरुले आएन पैसा मात्र चाहिन्छ भनेका थियाे ।
संस्थाका अध्यक्षले भनेका थियो आफनै भवन बनाएर काम गरिनेछ तर अहिलेसम्म न जमिन खरिद गरेछ नत भवन बनेछ ।
रामबाबू यादव केही बर्ष पुर्व साविकको गाविस पटेर्वा वाड नम्बर ७बल्टिया टोलमा निर्माणअधीन रहेको सरकार समुदायक उपस्वास्थ्य चौकीको पनि झ्याल चोरेर बिक्री गरेका थिए।उक्त चोरिको घटना गाउकै पंचायतमा मिलापत्र गराएको थिए।
यता २७ गते राती चोरी भएको मेसिन सहिद नगरपालिका बाट बरामद भएको छ भने उक्त समुदायक भवनमा १०वटा मेसिन थिए भने ८वटा चोरी भएको थिए चोरी भएको ८ओटै मेसिन ईलाका प्रहरी कार्यलय सबैलाको नियन्त्रणमा रहेको ईलाका प्रहरीले बताए।



