हुलाकी न्यूज,जनकपुरधाम : गत चैत २८ गते भएको मतदान सम्पन्न भएपछि निर्वाचन समितिले मतदानमा कुल मत ४३ सय ११ खसेको जानकारी गराएको थियो । सोहि आधारमा जनकपुरधाम सहित देशका विभिन्न सञ्चार माध्यमले समाचार सम्प्रेशन समेत गरेको देखियो।
जिल्लाको प्रशासनिक निकायले पनि आफुहरुलाई समेत सोहि परिमाणमा मत खसेको जानकारी गराइएको बताइरहेको अवस्थामा निर्वाचन समितिकै मत परिणामलाई आधार मान्दा अतिरिक्त सैयौं मत खसेको देखिन्छ । वरिष्ठ उपाध्यक्ष पदमा विजेता घोषणा गरिएका मनिष रमन साहले २१९५ मत पाएको र उपविजेता भनिएका सुरेन्द्र भण्डारीले २१५० मत पाएको देखाइएको छ भने ५४ मत बदर भएको भनिएको छ ।
सो तिनवटै मत परिणामको योगफल कुल संख्या ४३ सय ९९ हुन जान्छ । यस्को मतलव अतिरिक्त ८९ मतपत्र वरिष्ठ उपाध्यक्ष पदमै देखिन्छ । यस्ता विभिन्न कारणले चुनावमा धाँधली भएको भन्दै वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी सुरेन्द्र भण्डारी न्याय खोज्दै प्रहरी प्रशासन र उदालत गुहारेका छन् ।
पत्रकार सम्मेलनको आयोजना गरि भण्डारीले आफु जिल्ला अदालत हुदै न्याय नपाए स्र्वोच्च अदालत सम्म पुग्ने बताएका छन् । व्यापारी जगतले आफुलाई जिताइसकेको अवस्थामा आतिएर केहि शक्तिसंग निर्वाचन समिति मिलेर आफुलाई उपविजेता घोषणा गरिएको उनको आरोप छ ।
यस्तो छ भण्डारीको धाँधलीको भएको दावीका आधार
निर्वाचन समितिका संयोजक सन्तोष साह विजेता भनिएका उम्मेदवारको सहोदर भाई रहेकाले धाँधलीमा संलग्नता रहेको पुष्टी हुन्छ ।
कुल खसेको मत भन्दा सैयौ मतपत्र अतिरिक्त देखिएकाले मतदान पश्चात मतपत्र मत पेटिकामा थपिएको स्पष्ट हुन्छ ।
मतपत्रमा निर्वाचन अधिकृतको बास्तिवक हस्ताक्षर हुनु पर्नेमा कम्पयुटरमा स्कानिङ्ग गरिएको हस्ताक्षर रहेकाले मतपत्र वाहिरवाट थपिएको स्पष्ट हुन्छ ।
निर्वाचन समितिका सदस्यहरु समेत निर्वाचन समितिको पछिल्लो गतिविधि संकाष्पद रहेको भन्दै समाजिका सञ्जालमै व्यक्तब्य दिन थालेकाले समेत निर्वाचन धाँधली पुर्ण रहेको प्रमाणित हुन्छ ।
भण्डारी भन्छन, ‘म चुनाव जितेको छु, व्यापारीहरुले मलाई चुनाव जिताएको हुनाले म यो कृत्रिम हार स्वीकार गर्ने कुरै छैन, म पसल पसल पुगेर जनतालाई धन्यवाद दिन्छु र मेरो न्याय खोजीको यात्रामा सघाउन अपिल गर्नेछु ।’ SP khabar।



