हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ ।संघको अध्यक्षमा जितेन्द्र महासेठ र जितेन्द्र प्रसाद साहबीच कटर प्रतिस्पर्धा रहेको छ ।

महासेठ संघका वर्तमान महासचिव हुन् भने साह वरिष्ठ उपाध्यक्ष । महासेठलाई जनता समाजवादी पार्टी र नेकपा एमालेको समर्थन छ भने साहले नेपाली कांग्रेसको साथ पाएका हुन्।

यसै गरी वरिष्ठ उपाध्यक्षमा व्यवसायी मनिष रमन साह र सुरेन्द्र भण्डारीबीच टकरको तिस्पर्धा हुने आँकलन गरिएको छ । साह र भण्डारी दुवैले निर्वाचन जित्न ठूलो रकम खर्चेका हुन्। साहलाई कांग्रेस र भण्डारीलाई एमालेको समर्थन रहेको छ ।

यस्तै एक उपाध्यक्षका लागि सात जना उम्मेदवार चुनावी मैदानमा छन् । श्यामप्रसाद साह, संतोषकुमार साह, लक्षमण साह, अनिलकुमार प्रधान, अम्भ प्रसाद साह, रमेशकुमार यादव र फुलगेन साह उपाध्यक्षका उम्मेदवार हुन् ।

महिला उपाध्यक्षमा दिपिका राय निर्विरोध निर्वाचित भइसकेकी छन् ।

यस्तै महासचिवमा सात उम्मेदवारबीच प्रतिस्पर्धा छ । महासचिव बन्न कृष्णकुरारी साह, रामकुमार महासेठ, अशोककुमार चौधरी, सुधीर पञ्जियार, मनोजकुमार साहसहित चुनावी मैदानमा छन् ।

सचिवका लागि गोपी कुमार साह, संतोष कुमार महासेठ र फुलदेव पण्डितले प्रतिस्पर्धा गरिरहेका छन् । कोषाध्यक्षमा रमेश्वर साह, मनोजकुमार शर्मा र विजयकुमार साहबीच प्रतिस्पर्धा छ ।

एशोशिएट सदस्यमा राजिव कुमार साह निर्विरोध निर्वाचित भइसकेका छन् । एक महिला सदस्यका लागि सरिता ठाकुर र माया कुमारीबीच प्रतिस्पर्धा छ । कार्यकारी सदस्यका लागि ११ जनाबीच प्रतिस्पर्धा छ ।

मतदानस्थल रामचोकमा करिब ५ सय मिटरमा उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गर्नका लागि पर्चा पम्पलेट झुण्ड्याएका छन् । पर्चा पम्पलेटमै उम्मेदवारहरुले करोडौं खर्च गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.