हुलाकी न्यूज,काठमाडौँ : सियारी गाउँपालिका–३ हर्नैया गाउँका ६६ वर्षीय गनपत बानियाले ५५ वर्षीया कुश्मा बानियाको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।
‘बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाँटी थिची कर्तव्य गरी मारेको खबरप्राप्त हुनासाथ हामी घटनास्थल पुग्यौं,’ उनले भने, ‘मृतक कुश्माको घाँटीमा शंकास्पद दागसमेत देखिएको थियो ।’
श्रीमान् र श्रीमतीबीच यौनसम्पर्कको विषयलाई लिएर पटकपटक झगडा हुने गरेको प्रारम्भिक अनुसन्धानबाट फेला परेको थापाको भनाइ छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गनपतलाई नियन्त्रणमा लिएको छ ।



