हुलाकी न्यूज,जनकपुरधाम : त्रिभुवन विमानस्थललाई प्रयोग गरेर सुन तस्करी गर्ने गिरोह फेरि सक्रिय भएको छ।

पछिल्लो समय खाडीसहितका मुलुकबाट आउने कामदारहरुलाई प्रयोग गरेर तस्करहरूले सुन तस्करीलाई निरन्तरता दिन थालेका हुन्।

विमानस्थल भन्सार कार्यालयले मंगलबार राति करिब १ किलो सुनसहित एक भरियालाई पक्राउ गरेको छ।

ती भरिया पक्राउ परेपछि सुन तस्करीको नयाँ जुक्ति पनि पर्दाफास भएको छ।

धनुषाको मिथिला नगरपालिका नक्टहिलका प्रगास महरालाई खाना पकाउने राइस कुकुरको तल्लो भागमा करिब ९ सय ग्राम सुनको प्लेट बनाएर पठाएको अवस्थामा पक्राउ परेका छन्।

अवैध करिब एक केजी सुन बोकेका उनले भन्सार कर्मचारी र प्रहरीलाई शंका हुन नदिन वैधानिक रुपमा ल्याउन पाइने ५० ग्रामको बालासमेत लगाएका भेटिएको छ।

भन्सार कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गर्दा राइस कुकुरको तल्लो भागमा सुन भेटिएको हो ।

फ्लाई दुबईको उडान नम्बर एफ जेड ५७३ बाट आएका प्रगासलाई भन्सारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

उनको साथबाट ९ सय ३४ ग्राम सुन बरामद भएको भन्सार कार्यालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.