हुलाकी न्यूज, जनकपुरधाम : बाराको बिश्रामपुर गाउँपालिका वार्ड नम्बर ५ इटिहाईमा दलित विद्यालयको शिलान्यास गरिएको छ ।
प्रदेश न. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले दलित समुदायका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा पुर्याउनका निम्ति शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ ।बाराको बिश्रामपुर गाउँपालिका वार्ड नम्बर ५ इटियाहीमा आज आयोजित एक कार्यक्रमका बिच दलित विद्यालय भवनको शिलान्यास गर्नुहुँदै मन्त्री सोनलले दलित, उत्पीडित वर्गहरू शिक्षित नभएसम्म देश साक्षर नहुने बताउनुभयो ।
शौचालयसहितको ३ कोठे विद्यालय भवन शिलान्यास कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सन्जय पाण्डे, जसपा क्षेत्र नम्बर ४ (ख) अध्यक्ष मदन कुमार, जसपा विश्रामपुर गाउँपालिकाका संयोजक जुबेर, रामजी मण्डल, वडाअध्यक्ष भोला साह लगायतको उपस्थिती रहेको थियो । महेन्द्र पासवानको संयोजकत्वमा गठित उपभोक्ता समितिले भवन निर्माणको काम थालनी गरेको छ ।
दलित समुदायका विद्यार्थीहरूको अध्ययनका लागि बारामै पहिलो पटक दलित विद्यालय भवन निर्माण थालिएको विश्रामपुर गाउँपालिकाका उपाध्यक्ष सुमित्रा देवी साहले बताउनुभयो ।



