हुलाकी न्यूज,काठमाडौं : समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य चयन भएकी जानकी देवी रामले आइतबार शपथ लिएकी हुन ।
सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उनलाई शपथ गराएका हुन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन सांसद सानु शिवाको निधन भएपछि नेकपा एमालेले उनको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्राचार गरेको थियो ।एमालेको पत्राचारपछि आयोगले उनलाई सांसद निर्वाचित गरेको थियो ।



