हुलाकी न्यूज,काठमाडौं : नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छन् ।

बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख  एसएसपी अशोक सिंहले बताए ।

‘उहाँले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी  वकिलको कार्यालयमा जाहेरी परेको रहेछ’ परिसरका एक अधिकारीले भने, ‘अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उहाँलाई पक्राउ गरिएको हो ।’

सुष्माले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दावी छ ।

यस्तै सृजना फाइन्‍नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ती गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.