हुलाकी न्यूज,काठमाडौं : गृह मन्त्रालयलले एसिड प्रहारका घटनाहरु तीब्र हुन थालेपछि एसिड तथा तेजाव लगायतका केमिकल खरिदसहित प्रकृयालाई कडाई गरेको छ ।

अबदेखि कुनै पनि उद्योग, कारखानामा आवश्यक पर्ने यस्ता केमिकल खरिद गर्दा सात दिन अगाडि नै मन्त्रालयमा परिमाणसहितको जानकारी दिनुपर्ने निर्देशन गृह मन्त्रालयले जारी गरेको छ । त्यसका लागि मन्त्रायलयले निश्चित ढाँचा समेत तोकेको छ ।

तेजाव तथा अन्य घातक रासयनिक पदार्थ (नियमन) नियमावली,२०७७ नेपाल सरकारबाट चैत १६ गते स्वकृत भइ लागू भइसकेको उल्लेख गर्दै गृह मन्त्रालयले यसको कारोबारमा कडाई गरेको हो ।

अध्यादेशको दफा (५) मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थ औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने परिमाणसम्मका लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी नियमावलीको नियम ५ (२) मा प्रचलित कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त कुनै उद्योगलाई औद्योगिक प्रयोजनका लागि तेजाब वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा अध्यादेशको दफा १४ को उपदफा ४ बमोजिम पूर्व स्वीकृतिका लागि अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिनुपर्नेछ ।त्यसैले अब उद्योगले सात दिनअघि नै मन्त्रालयमा जानकारी दिनुपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.