हुलाकी न्यूज,जनकपुरधाम : ओरेकले आफ्नो अभियानको सफलतापूर्वक ३० औं ( तिन दशक ) वर्ष पुरा गरेका छन् ।
ओरेक नेपाल द्वारा आयोजित यस समाजीक अभियन्ताहरुलाई सम्मान कार्यक्रमका अध्यक्षयता रोजलिन बाछर ,
प्रमुख अतिथी मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, बिशेष अतिथीमा उप- प्रमुख मिथिला नगरपालिकाका बसन्त लामा, एसएसपी किशोर दाहाल लगायत विभिन्न अभियानीहरु ऊपस्तित थिए।
३० वर्षको यात्रामा ओरेकले महिला अधिकार र सामाजिक न्यायको सुनिश्चितताको लागि महिला हिंसा विरुद्धको अभियान, आर्थिक, सामाजिक, र साँस्कृतिक अधिकारको साथै मानव अधिकार र सामाजिक न्यायको अभियान मार्फत विभिन्न कार्यक्रम समुदायस्तर देखि राष्ट्रिय स्तरसम्म सञ्चालन गर्दै आइरहेको छ ।
यस यात्रामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ दिने सहयात्रीहरु प्रति संस्था आभार प्रकट गर्दे ओरेक नेपाल ३०औ बार्षीक उत्सवको उपलक्ष्यमा समाजीक न्याय,महीला अधिकार र मानव अधिकार को क्षेत्रमा महत्वपूर्ण योगदानको उच्च कदर गर्दै समाजीक अभियन्ताहरुलाइ सम्मान पत्र प्रदान गरेका छन।



