हुलाकी न्यूज,काठमाडौं : बलिउडकी चर्चित अभिनेत्री किरण खेरलाई ब्लड क्यान्सर भएको छ।

किरणका श्रीमान्समेत रहेका अभिनेता अनुपम खेरले सामाजिक सञ्जालमार्फत उनलाई ब्लड क्यान्सर भएको जानकारी दिएका हुन्।

अनुपमका अनुसार उनलाई ‘मल्टिपल माइलोन’ नामको ब्लड क्यान्सर भएको हो।

आफ्नी श्रीमतीको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिँदै उनी सधैं फाइटर भएको अनुपमले बताएका छन्।

 

‘उनले धेरैको माया पाइरहेकी छन् र अझैै उनको स्वास्थ्यका लागि प्रार्थना गर्न अनुरोध छ,’ सामाजिक सञ्जाल फेसबुकमा सेयर गरिएको पोष्टमा अनुपमले लेखेका छन्।

किरण र अनुपमको बिबाह सन् १९८५ मा भएको थियो।

यी दुबै बलिउडका चर्चित कलाकार हुन्। किरण भारतीय जनता पार्टी (भाजपा)की सांसदसमेत हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.