हुलाकी न्यूज,काठमाडाैं : व्यक्तिगत आकांक्षा परिपुर्ति नहुँदा असन्तुष्टि राख्नेहरूले प्रतिगमन भन्दै सरकारको विरोध गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

प्रतिनिधि सभा विघटनलाई दलहरूले प्रधानमन्त्रीको प्रतिगामी कदम भन्दै विरोध प्रदर्शन गरेका थिए।

मेलम्चीको पानी काठमाडौं ल्याएपछि औपचारिक कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘कहाँ भयो प्रतिगमन? के हो प्रतिगमन भनेको? ख्यालठट्टा हो प्रतिगमन? जनता अल्मल्याउने?’

प्रधानमन्त्री हुन नपाएकै कारण प्रतिगमन भन्दै हिंडेको उनले आरोप लगाए।

‘कोही शासनमा पुग्न पाए क्रान्ति भइहाल्ने। कोही शासनमा पुग्न पाएन भने प्रतिगमन भइहाल्छ?’ प्रधानमन्त्रीले भने, ‘प्रधानमन्त्री हुनु पाउनुपर्छ भन्दै अवैध बाटोबाट कुद्ने, प्रधानमन्त्री हुन नपाए प्रतिगमन भन्दिने?’

संविधान, गणतन्त्र र संघीयता त ध्वस्तै पार्न आँटेको भन्दै विरोध गरेकोप्रति उनले प्रतिवाद गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.