हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँप बगैँचामा एक पुरुषको शव (लाश) फेला परेको छ ।
परिचय खुल्न नसकेको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । उनको हत्या गरिएको आशंका प्रहरीको छ ।
शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घटना विषयमा प्रहरीले अनुसन्धान सुरु गरिएको जनाएको छ ।