हुलाकी न्यूज,जनकपुरधाम : भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।
महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरज प्रतासिंहले जानकारी दिए ।
बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेको थियो ।
भारतीय प्रहरीले राति साढे ९ बजे नेपाल प्रहरीलाई जिम्मा लगाएपछि परिवारलाई जिम्मा लगाउने सहमति भएको थियो।
दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा तथा थप सोधपुछको लागि बालिकाहरू लाई राती राखेर आज बिहीबार परिवारजनसँग घर भँगाहा नगरपालिका ८का सातजना किशोरी मंगलबार दिउँसो घाँस लिन गएको बेलादेखि बेपत्ता भएका थिए ।
सीतामढी प्रहरीले उद्धार गरेपछि किशोरीहरुले आफुहरु गायिका बन्न हिँडेको बयान दिएका थिए ।
यसले उनीहरुलाई बाहिर लैजानमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ ।
मंगलबार अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए ।
उनीहरुको खोजतलासमा नगरप्रमरुख संजिव साहसहित जन प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा लागेका थिए ।



