हुलाकी न्यूज,काठमाडौँ : राजधानी उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा निगरानी बढाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यका भित्रने नाकामा कडाइ गरिएको छ ।

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर भित्रिएको आशंकामा सरकारले कोरोना संक्रमणको परीक्षणको दायरालाई बढाउने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा कोरोना संक्रमित बढ्न थालेपछि परीक्षणको दायरालाई बढाउने निर्णय गरेको जानकारी दिएको छ ।

अहिले सरकारले नाकामा कडाइ गरेपछि राजधानी भित्रने यात्रुहरुले हैरानी बेहोर्नुपरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.