हुलाकी न्यूज,काठमाडौँ: कोरोना भाइरस महारीको संक्रमण बढेपछि फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले फ्रान्समा लकडाउन घोषणा गरेका हुन् ।शनिबारदेखि लागु हनेगरी चार हप्ताका लागि उनले लकडाउन घोषणा गरेका छन्।
टेलिभिजनमा प्रसारित एक सन्देशमा राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरुमात्र खोल्न दिइने साथै मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले बताए ।
मानिसहरुलाई उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा जान रोक लगाइएको छ ।संक्रमण फैलिन नदिने उद्देश्यले सार्वजनिक समारोहमा पूर्णरुपमा रोक लगाइएको छ ।शुक्रबार पर्ने महान पर्व इस्टर मनाउनका लागि भने मानिसहरुलाई छुट दिइएको छ ।राष्ट्रपति म्याक्रोले आगामी हप्तादेखि विद्यालयहरु पनि कम्तिमा तीन हप्ताका लागि बन्द हुने बताएको बीबीसीले समाचारले जनाएका छन् ।



