हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८, धरमपुरमा मंगलबार घाँस काट्न जाँदा हराएका ७ बालिका/किशोरी आज फेला परेका हुन।

भंगहा नगरपालिकाका मेयर सञ्जीव साहका अनुसार उनीहरू भारतको सीतामढीमा फेला परेका हुन्। अहिले उनीहरूलाई त्यहाँको रेलवे-स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको उनले जानकारी दिए।

मंगलबार दिउँसो घाँस काट्न गएका बेला सम्पर्कविहीन बनेका स्थानीय ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान भारतमा भेटिएका हुन्।

उनीहरू त्यहाँ के कसरी पुगे भनेर सोधा भारत बिहारको सीतामढीमा फेला परेकी महोत्तरीको भंगहाबाट बेपत्ता बालिका तथा युवतीहरुले गायिक बन्न जाँदै गरेको बयान दिएका छन् ।

सीतामढी प्रहरीले उनीहरु गायिका बन्न जाँदै गरेको बयान दिएको बताएको छ ।

उनीहरुलाई भारती प्रहरीले सीतामढी रेल्वे स्टेबाट फेला पारेको हो ।उनीहरुको साथका अरुकोहि नभेटिएकाले कसैले बेच्न लैजाँदै गरेको भन्न नसिकने सीतामढी प्रहरीको तर्क रहेको छ ।

उनीहरुलाई भेरीफाइ गरेर नेपाल प्रहरी तथा परिवारजनलाई सुम्पने काम भइरहेको बताएको छ ।

अस्मिता पासवान उच्च मावी भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् । यस्तै रिया र ज्योतिकक्षा – ८ मा , सीमा र नगिना कक्षा ७ मा, अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको घरपरिवारले जनाएको छ ।
उनीहरु दिउँसो घाँस काट्न गएको बेला देखि बपता भएका थिए ।अहिले महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्य, मेयर साह सहितको टोलि धर्मपुर बस्ती पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.