हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा १५ दिने मिथिला माध्यमिकी परिक्रमा (होली)कोअवसरमा भव्य नि:शुल्क प्राथमिक उपचार स्वास्थ्य शिविर आयोजना गरियो।
यस नि:शुल्क प्राथमिक चिकित्सा स्वास्थ्य शिविरका आयोजक श्री राम ज्वेलेर्स (जनकपुरधाम)का मानिस रमन साह रहेका थिए।
लिभिंग विथ एन्वायरमेन्मेन्ट,विजय श्री ज्वेलेर्स, जे.एम.सी ,नेपाल हेल्थ क्याम्प द्वारा समर्थित र
कमलाया फार्मास्यूटिकल वितरकहरू द्वारा प्रायोजित गरिएको थियो।
भानु चोक देखि कदम चोक जाने परिक्रमा बाटोमा शिविरको निर्माण गरेका थियो। उक्त शिविर बाट ३००० भन्दा बढी जनाले सहायता तथा औषधि, मास्क निशुल्क प्राप्त गरेको भन्ने जानकारी वातावरण जिउने आधारका सदस्य अनिकेत ठाकुरले बताए।
यस वर्ष १५ दिने मिथिला माध्यमिकी परिक्रमा श्रधालुको संख्या धेरै रहेको थियो सदस्य अनिकेत ठाकुरले उक्त कार्यक्रममा औषधि सहयोग गरिदिएको कमलाया फार्मास्यूटिकल वितरकहरूलाई समेत धन्यवाद व्यक्त गरेका छन।
शिविरमा औषधि, मासक , पिउने पानी तथा प्राथमिक उपचार गर्ने उद्देश्य रहेको थियो।
यस निशुल्क प्राथमिक सहायता शिविरमा डा.अमित गिरी, डा.धर्मेन्द्र साह, डा.विवेक साह, जे.एम.सिका मेडिकल स्टुडेन्टहरु
लगायत २२ जाना चिकित्सा विद्यार्थीहरु थिए।




