हुलाकी न्यूज,जनकपुरधाम : मिथिलाकालीन समयमा भगवान श्री रामचन्द्र संग आएका ऊनका जन्तीहरुको खुट्टा पखाल्नका लागि तत्कालीन समयमा खनिएको जनकपुरधामको पिडारीचोक स्थित गोरधोई पोखरी अहिले खाल्डोमा परिणत भएको छ।

यस पोखरीमा अहिले पानी नै छैन् । सडक विस्तारको नाममा पोखरी पुरिदैं छ ।  १५ दिने मिथिला माध्यमिकी परिक्रमा समापन पश्चात आज अन्तिम दिनमा जनकपुरधामको अन्तरगृह परिक्रमा गर्ने क्रममा परिक्रमा यात्रीहरु गोरधोइ पोखरीमै आफ्नो खुट्टा पखाल्छन् तर यो अहिले यस पोखरीमा पनि नभएर श्रद्धालु भक्तजनहरु हिलो र थोरै पानीले खुट्टा पखाल्न बाध्य भएका छन्।

 

अन्तरगृह परिक्रमाको क्रममा सो पोखरीमा खुट्टा पखालेर नै श्रद्धालु भक्तजनहरु परिक्रमाको क्रमलाई अगाडी बढाउँदै आएका छन् ।

आफ्नो छुट्टै महत्व बोकेको सो विशाल पोखरी धनुषाको जटही देखि ढल्केबरसम्म निर्माण भईरहेको सिक्सलेन सडकका कारण खाल्डोमा परिणत हुन पुगेको छ ।

गोरधोई पोखरीको आधा भाग पुरेर सडक बनाउने काम भइरहेको छ भने सो ऐतिहासीक पोखरी अब समाप्तीकै कगारमा पुगेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.