भारत पछिल्लो समय कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको देखिएको छ ।

भारतमा लगातार दोस्रो दिन ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन् ।

बीबीसीका अनुसार गएको २४ घण्टामा भारतमा ६२ हजार ७१४ नयाँ संक्रमित थपिएका छन् ।

सोही अवधिमा कोरोनाबाट त्यहाँ ३१२ को मृत्यु भएको जानकारी दिइएको छ ।यसअघि हिजोमात्र भारतमा ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए ।

हाल कोरोनाको खतरा मध्यनजर गर्दै महाराष्ट्रमा राति कर्फ्यू जारी गरिएको छ भने दिल्लीमा मिनी लकडाउन लागू भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.