हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमणबाट बच्न सतर्कता अपनाएर मात्रै होली मनाउन आग्रह गरेका छन् ।
कोरोना महामारीको जोखिम पुनः बढ्दै गइरहेकाले त्यसलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाई मात्र होली पर्व मनाउन राउतले भनेका हुन् ।
राउतले शनिबार प्रेस विज्ञप्ति जारी गरी सम्पूर्ण हिन्दू धर्मावलम्बीका साथै प्रदेश नं २ बा सबै जनसमुदायलाई शुभकामना दिँदै होलीमा सतर्कता अपनाउन अपिल गरेका हुन् ।



