दिवेश कुशवाहा 

हुलाकि न्यूज,जनकपुरधाम :धनुषाको मिथिला नगरपालिका -२ नक्टाझिजमा अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजको संचालक समितिको निर्णय अनुसार साना किसानमा आबद्ध सेयर धनीहरुका लागि किसानको उत्पादित गँहु संस्थाले नै किन्ने र संस्था बाट गँहु चाहिएमा संस्थाले सुलभ दरमा बिक्री वितरण गर्ने निर्णय पास गरेको छ ।

यसका साथै साना किसानको कार्य छेत्र मा आबद्ध किसानहरुले गँहुको जात अनुसार छुट्टाछुट्टै भण्डार गरी बिक्री वितरण गर्ने छ। यस कार्यले स्थानीय किसानहरु खुशी व्यक्त गरेका छन्।

किसानहरुलाई गँहु किनबेच गर्न टाढा जानुपर्ने समस्या बाट छुट्कारा पाउनका निम्ति यस्तो निर्णय गरिएको हो ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड नक्टाझिजका सहायक प्रबन्धक सुरेश कुमार महतोका अनुसार हामीले सधैं किसानको लागि दिनरात खटिरहेको र आउदो दिनमा पनि किसानहरुका लागि विशेष प्याकेजका साथ आउने छु। यसमा किसान र साना किसान कृषि सहकारी बिच सहयोगको पारस्परिक हुनु आवश्यक देखिन्छ।

किसानले उत्पादन गरेको गँहु बेच्न चाहेमा संस्थामा सम्पर्क गर्न र गँहु चाहिएमा संस्थाले नै उपलब्ध गराउने निर्णय भएको कुरा साना किसान कृषि सहकारी संस्था लिमिटेडका सहायक प्रबन्धक सुरेश कुमार महतोले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.