हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नं २ को अस्थाई राजधानी जनकपुरधाम स्थित रामचौकमा रहेको श्री गणेश युवा कमिटिले मिथिलाको महान पर्व होलीको अवसरमा ‘फगुवामे भेटघाट कार्यक्रम’ को आयोजना गरेका थिए।

फगुवामे भेटघाट कार्यक्रम कमिटिका अध्यक्ष सन्तोष कुमार महतोको अध्यक्षतामा भएको थियो भने प्रदेश सांसद परमेश्वर साहले विभिन्न रंग-अविर भएका फायर खोल्ने पेस्तोल फायर गरि कार्यक्रमको समुदघाटन गरेका थिए।

यस कार्यक्रममा गौ संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठ, नेपाल पत्रकार महासंघका सचिव पुरन साह, उद्योग बाणिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारी, सिडिई भगवान झा, चेम्वर अफ कर्मशका अध्यक्ष विजय साह, जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष ललित साह सहितकाले शुभकामना मनतब्य राखेका थिए ।

साथै यस फगुवा भेटघाट कार्यक्रममा आएका विभिन्न वक्ताहरु,अतिथीहरु,युवाहरू, तथा संघ- सन्थाहरुले श्री गणेश युवा कमिटिले धनुषा सागरको सौन्दर्यकरण, नौका विहार र स्वच्छता अभियानका कामहरु एकदमै सराहनिय रहेको र मिथिला नाटय कला द्वारा गएका फगुवाका गितहरुको सबैले प्रशंसा गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.