हुलाकी न्यूज ,जनकपुरधाम : युथ डेभलपमेन्ट सोसाइटी द्वारा होली बिशेष कार्यक्रमको दोश्रो दिन नगर अध्यक्षलाई ध्यानाकर्षण गराउँदै दोश्रो दिन वृहतर परिक्रमा सडकखण्ड सरसफाई कार्यक्रम ,नागरिक जनचेतना र परिक्रमामा सहभागी हुने सम्पुर्ण नगरवासी, जिल्लावासी,प्रदेशवासी, नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु लगायत अन्य देशबाट आउने श्रधालु भक्तजनहरु लाई स्वागत, सम्मान र सहजिकरणको लागि कार्यक्रम आयोजना गरिएको थियो ।

 

कार्यक्रमको केन्द्रबिन्दु भनेको संघीय प्रहरी कार्यालय बाट (एस.एस.पि) मक्सुद आलम प्रमुख अतिथिको रुपमा रहेको थियो भने विशिस्ट अतिथिको रुपमा श्रीनाथ गन नेपाली सेनाका सेनानी रहेको थियो भने अतिथी को रुपमा वाडा न.१,२,०७ का वडा अध्यक्षहरु रहेको थियो ।

युवा नेतृत्व विकास गर्ने प्रमुख उदेश्य रहेको यस संस्थाका अध्यक्ष श्री रवि कुमार साहले आफ्नो मन्तव्यमा जनकपुरधाम उप.महा.न.पालिकाले गर्नु पर्ने कार्य हामी युवाले गरि रहेका छौ तर यस कार्यक्रममा नगर अध्यक्ष श्री लाल किशोर साह को तर्फबाट केही सहयोग जस्तै फोहोर उठाउने गाडि,सफाइ कर्मी,मास्क,ग्लोभ आदि वस्तुको पनि सहयोग नगरेको गुनाशो पोखेको छ सथै वडा अध्यक्षहरुले गरेको सहयोग र भविस्यमा सहयोग गर्ने कुरा माथी धन्यवाद समेत व्यक्त गरेको छ ।

चैत १० गते देखि चैत १४ गते सम्म पाँच दिने रहेको कार्यक्रममा विभिन्न मान्नी र सम्मानिय व्यक्तित्वहरुको अतिथियमा आयोजना हुन गइरहेको कार्यक्रमको नेतृत्व दिपेश कुमार भण्डारिले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.