File Photo/ReportersNepal
File Photo/ReportersNepal

हुलाकी न्यूज,काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकु्र र शीर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

ठाकुर र महतोसँगै सरकारसँग वार्ता गर्न जसपाले गठन गरेको कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लापनि बालुवाटार पुगेका थिए।

जसपाका नेता केशब झाले दिएको जानकारीअनुसार भेटवार्ता सम्पन्न भएको छ। अहिले जसपाका नेताहरु आन्तरिक छलफलमा छन् ।

पछिल्लो समय जसपा सत्ता समिकरणमा निर्णायक शक्ति बनेको छ । प्रधानमन्त्री ओली जसपाका माग पूरा गर्न आफू सकारात्मक रहेको नेताहरुको प्रतिक्रिया छ । तर, ठोस सहमति भने भैसकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.