हुलाकी न्यूज,जनकपुरधाम: प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले सिरहको गोलबजारका किसानहरुलाई खेलबारीमै पुगेर सम्मान गरेका हुन्।

किसानको कर्ममा खुशी व्यक्त गर्दै उनले उनीहरुलाई कृषि पेशातर्फ थप उर्जा प्रदान गर्न खेतमै पुगेर सम्मान गरेका हुन् ।गोलबजार नगरपालिका वडा नं- २ को गुरुधाम गाउँमा व्यावसायिक रुपमा तरकारी खेती कार्यमा संलग्न रहेका एक दर्जन भन्दा बढी किसानलाई गम्छा तथा खादा ओढाएर उनले सम्मान गरेका हुन् ।

यस क्षेत्रमा किसानहरुले करिब ४ सय विघा क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरेका छन् ।प्रदेश प्रमुखले खेतबारीमा पुगेर सम्मान गरेपछि किसान उत्साहित बनेका छन् । किसानहरुले कृषि कर्मका क्रममा आफूहरुले भोग्दै आएका समस्याका विषयमा समेत प्रदेश प्रमुख झालाई जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.