हुलाकी न्यूज, जनकपुरधामा : चौथों संस्करणको पोखरा युनिभर्सिटी(विश्वविद्यालय) क्रिकेट लिग(पीयुसीएल)को दोस्रो खेलमा मिथिलांचल वारियर्सले अन्नपूर्ण किंग्स 11 लाई ३२ रनको फराकिलो अन्तरले हराएर बिजयी सुरुवात गरेका छन्|
मिथिलांचल वारियर्स र अन्नपूर्ण किंग्स 11 बीच भएको खेलमा मिथिलांचल वारियर्सलका खेलाडीहरुले उत्कृस्ट प्रदर्शन गरेका थिए भने मैंन अफ दि म्याच हुन् सफल मिथिलांचलको टिमका इम्प्याक्ट खेलाडी अमृत गुरुङले उत्कृस्ट प्रदर्शन गर्दै २८ बल मा ३८ रन साथै ४ विकेट लिन सफल भएका हुन् | यसै गरि रास्ट्रिय खेलाडी हरि शंकर शाहले १९ बल मा २० रङ साथै ३ विकेट ,
कप्तान अभिषेक यादव १० बल्ल मा ७ रन, कास्की बिकाश खेलाडी किरण पौडेलले ३४ बल मा ३१ रन साथै १ विकेट , कबिन सापकोटा २७ बल मा १३ रन साथै १ विकेट , सान्त्वन पौडेल ४ बल मा ३ रन को योगदान दिएका थिए | पहिलो गेम बिजयी सुरुवात गरेको मिथिलांचल वारियर्सले आफ्नो दोस्रो गेम चैत्र ११ गते पियू रेड वर्रिओर्स संग खेल्ने छ | मिथिलांचल वारियर्सले आफ्नो बलियो उपस्थिति जनाउदै प्रतियोगितालाइ जित्ने लक्ष्य लिएर अगाडी बढ्ने कुरा मिथिलांचल वारियर्सका म्यानेजर् शत्रुधन शाहले जानकारी दिएका हुन्|



