हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउपालिका – २ बल्हागोठमा रहेका राष्ट्रिय अधारभुत विद्यालयमा व्यवस्थापन समितिले संघिय शिक्षा ऐन तथा नियमावलि विपरीत गैर कानुनी ढंगबाट व्यवस्थापन समिति गठन गरेको अभिभावकको आरोप लगाएको छ।
विद्यालयमा आफ्नो छोराछोरीलाई नपढाई व्यक्तिगत स्वार्थमा पुर्तिका लागि केही मानिसहरुको उक्साहटमा लागेर समितिको नीति,नियम, ,कानुन,ऎन र निर्देशिकासमेतलाई लत्याउदै कृष्णकान्त चौधरीले गैरकानुनी रुपमा विद्यालय व्यवस्थापन समितीको अध्यक्ष बनेपछी अभिभावकहरु आक्रोशित बनेका छ्न। गैरकानुनी तरिकाबाट गठन भएको विद्यालय व्यवस्थापन समिति विघटन गरी संघिय शिक्षा ऐन अनुसार गठन गर्न अभिभावकहरु माग गरिएको छ।
२०१७ सालमा स्थापना भएको यस विद्यालय जिल्लाकै पुरानो मध्यको एक हो।



