हुलाकी न्यूज,जनकपुरधाम : तराईँ मधेसमा बसन्तपञ्चमी पुजादेखि नै होली शुरु भएको मान्यता रहेपनि परिक्रमाबासीहरु कञ्चनवन पुगेर होली खेलेपछि विधिवत् रुपमा होलीको शुरुवात भएको मान्यता रहीआएको छ ।

Amit kumar

जिल्लाको भंगहा नगरपालिकामा पर्ने कञ्चनवनमा गत हिजो शनिबार परिक्रमाबासीहरुले रंग र अबिर खेली होली मनाएका छन् ।त्रेता युगमा भगवान रामले त्यहाँ होली खेलेको सम्झना स्वरुप परिक्रमाबासीहरु त्यहाँ रंग र अबिर एक आपसमा लगाएर शुभकामना दिदै होली खेल्ने गरेका छन् ।Amit kumarAmit Kumar

कञ्चनवन पुगी जनकपुर स्थित राममन्दिरका महन्थ र जानकी मन्दिरका महन्थहरुले एक आपसमा होली खेली मिथिलाञ्चलमा होलीको शुरुवात गर्ने गर्दछन् ।

 

मिथिला महात्मय अनुसार १८ औं शताब्दीदेखि मनाइदै आएको माध्यमिकी परिक्रमा जनकपुरधामको हनुमानगढीदेखि शुरु हुदै भारतको कलाणेश्वर स्थान, फुलहर, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कञ्चनवन, हुदैं धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आईपुग्छन र पूर्णिमाको विहान जनकपुरधाममा अन्तगृह परिक्रमा गरि होलि खेलि १५ दिवसीय यात्रा सम्पन्न गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.