नयाँ दिल्ली– भारतमा कोरोनाको आर फ्याक्टर अर्थात भाइरसको रिप्रोडक्शन बढिरहेको छ ।

आर फ्याक्टरकै कारणले कुनै पनि संक्रमित व्यक्तिले अन्य मानिसमा संक्रमण फैलाउँछ ।विशेषज्ञहरुका अनुसार भारतमा अहिले कोरोनाको त्रास पुनस् बढ्न थालेको छ ।आर–फ्याक्टर सबैभन्दा बढी महाराष्ट्र तथा पञ्जाबमा बढिरहेको छ ।

त्यहाँ एक जना संक्रमितबाट करिव पाँच जना मानिसमा संक्रमण फैलने आशंका गरिएको छ ।त्यस्तै गुजरात र मध्य प्रदेशमा पनि यो तथ्यांक एक बराबर तीन व्यक्ति रहेको पाइएको छ ।यद्यपि भारतभरी भने औसत एक देखि डेढ व्यक्तिबीच रहेको छ ।

पछिल्लो वर्ष कोरोना फैलने क्रममा यो नम्बर भारतमा अधिकतम डेढदेखि अढाईबीच रहेको थियो ।विशेषज्ञका अनुसार फेब्रुअरी महिनाको पहिलो हप्तासम्म कोरोना संक्रमण नियन्त्रणमा रहेको देखिएको थियो ।कुल विरामीहरुमा १ दशमलव ३२ प्रतिशत सक्रिय विरामी थिए, तर अहिले सक्रिय संक्रमित बढेर २ दशमलव ५० प्रतिशत भएको छ ।

भारतीय चिकित्सा शोध परिषदका कोरोना टास्क फोर्सका अपरेशन र रिसर्च ग्रुपका चेयरम्यान प्रोफेसर नेरन्द्र अरोडाका अनुसार महाराष्ट्र, पञ्जाब तथा केरलामा कोरोनाको आर–फ्याक्टर पाँच नजिक पुगेको आशंका छ ।

यस्तो अवस्थामा संक्रमण एक देखि पाँच,पाँच देखि १ सय २५ जना मानिसमा फैलिन्छ ।

प्रोफेसर अरोडा भन्छन् –‘जनवरीको अन्त्य र फेब्रुअरीको पहिलो हप्तासम्म सबै भन्दा प्रभावित राज्यहरुमा पनि आर–फ्याक्टर एक देखि डेढको बीच थियो तर अहिले यसमा तीन गुणा वृद्धि भएको छ । जसकारण कोरोनासंग सम्बन्धित नियमलाई पालना नगर्नु हो । त्यस्तै आइसीएमआरका वैज्ञानिक प्रोफेसर समीरन पान्डाका अनुसार एउटा त्यस्तो समय थियो, जब आर फ्याक्टर एक भन्दा कम थियो ।’ एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.