हुलाकी न्यूज,जनकपुरधाम : चौथों संस्करणको पोखरा युनिभर्सिटी(विश्वविद्यालय) क्रिकेट लिग(पीयुसीएल) मा मिथिलांचल वारियर्सको तर्फबाट रास्ट्रिय खेलाडी हरिशंकर शाहले प्रतिनिधित्व गर्ने छन् |
इम्प्याक्ट खेलाडीको रुपमा अमृत गुरुङ र कास्की बिकाश खेलाडी को रुपमा किरण पौडेल मिथिलांचल वारियर्स को तर्फबाट प्रतियोगितामा समाबेश हुने छन् |
मिथिलांचल वारियर्सले आफ्नो बलियो उपस्थिति जनाउदै प्रतियोगितालाइ जित्ने लक्ष्य लिएर अगाडी बढ्ने कुरा मिथिलांचल वारियर्सका म्यानेजर् शत्रुधन शाहले जानकारी गराएका छन् |



