हुलाकी न्यूज,जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषा शाखाकी उपाध्यक्ष मनिका झा प्रेस संगठन नेपालमा प्रवेश गरेकी हुँन्।

यसअघि स्वतन्त्र रुपमा पत्रकारीता गर्दै आएकी उनी शुक्रवार एक कार्यक्रमकाबीच प्रेस संगठनमा प्रवेश गरेकी हुन् ।

प्रेस संगठन प्रदेश २ का संयोजक किरण कुमार कर्ण, पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमा मिश्र, संगठनका केन्द्रिय सदस्य दिपेन्द प्रसाद सिंह, धनुषा संयोजक शैलेन्द्र महतो क्रान्ति, वरिष्ठ पत्रकार बिएम खनाल लगायतको उपस्थितीमा टिकाटालो गरी उनी संगठनमा प्रवेश गरेकी हुन् ।

उनी अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिक प्रदेश २ की ब्यरो प्रमुख समेत हुन् ।

महासंघको निर्वाचन नजिकिएपछि चुनावमा भाग लिन उनी संगठनमा प्रवेश गरेको बताइएको छ ।

आगमी चैत २५ गते हुने भनिएको महासंघको निर्वाचनमा उनी धनुषा शाखाको अध्यक्षकी दाबेदार हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.