हुलाकी न्यूज,जनकपुरधाम : सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेकी छन् । उनको आइतबार सपथग्रहण राखिएको छ ।

महान्यायाधिवक्ता अग्नि खरेलले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएपछि सरकारले अधिवक्ता बडाललाई रिक्त रहेको पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

प्रतिनिधिसभा विघटनको प्रधानमन्त्रीको कदमलाई सक्रिय साथ दिएका बडाल श्रम मुद्दामा विज्ञ मानिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.