जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भीक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेल
जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भीक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेल

हुलाकी न्यूज,काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने भएको छ ।

नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शुक्रबार बिहान थापाथलीस्थित नर्भीक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराएका हुन् ।उपप्रधानमन्त्री पोखरेलले बिहान साढे ९ बजे नर्भीक अस्पतालमा पुगेर कांग्रेस नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । सो क्रममा उनले जोशीको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका थिए ।

उपप्रधानमन्त्री पोखरेललाई नर्भीक अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा अपडेट गराएका थिए ।गत फागुन १४ गते मष्तिष्कघात भई नर्भीक इन्टरनेशनल अस्पतालमा भर्ना भएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भैरहेको अस्पतालले जनाएको छ ।

उपचार सुरु भएको केही दिनपछि उनको अवस्थामा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको अस्पतालले बताएको छ।

जोशीको अहिलेको अवस्था पनि गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.