हुलाकी न्यूज,जनकपुरधाम : जनता समाजावदी पार्टी एकता समायोजनको लागि पूर्वराजपाको समूहले कार्यदल गठन गरेका हुन्। काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा बसेको पूर्वराजपा समूहको बैठकले ६ सदस्यीय कार्यदल गठन गरेका छन्।
कार्यदलमा जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, सुनील रोहित, रमेश यादव र संजय यादव रहेका छन् भनेतत्कालीन संघीय समाजवादी र राजपासँग भएको पार्टी समायोजनको काम टुंगिएको छैन ।समायोजनका सबै एजेन्डा टुंग्याउन कार्यदल गठन भएको बैठकमा सहभागि एक नेताले बताएका हुन्।



