हुलाकी न्यूज,जनकपुरधाम : चैत २५ गतेको लागि तोकिएको नेपाल पत्रकार महासंघको चुनावको सन्दर्भमा बिहीबार जनकपुरमा प्रेस मञ्च नेपाल कार्यदलको बैठक बसी चुनावी तयारी सुरु गरिएको छ।
बैठकले चुनावमा संगठनलाई सबल ढंगले प्रस्तुत गर्न शनिबारसम्म सबै जिल्लामा तत्कालिन प्रेस नेपाल र प्रेस मञ्चको जिल्ला कार्यसमितिहरुलाई संयुक्त रुपमा बैठक बसेर जिल्लागत रणनीति तयार गर्न लगाउने र समन्वयको जिम्मेवारी प्रदेश कार्यवाहक अध्यक्ष सुरेश यादवलाई तोक्ने निर्णय गरेको छ ।
त्यस्तै, संघीय कार्यसमितिले प्रदेश २ को लागि घोषणा गरेको ८ सदस्यीय कार्यदलमा सप्तरीका भोला पासमानलाई थपेर ९ सदस्यीय बनाउने तथा आउँदो आइतबार कार्यदलको पूर्ण बैठक बस्ने निर्णय भएको कार्यदलका विन्दकिशोर साह (किशोर गुरु) ले जानकारी दिए ।



