हुलाकी न्यूज,काठमाडौं : भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा भएको आगलागी नियन्त्रणमा आएको छ।

आर्मी अफिसर क्लब नजिकै अवस्थित प्रधान सेनापतिको पुरानो कार्यालयको दोस्रो तलामा बिहीबार दिउँसो भएको आगलागी नियन्त्रणमा आएको नेपाली सेनाले जनाएको हो ।

नेपाली सेनाका प्रवक्तासमेत रहेका सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार विद्युत सर्ट भएर आगलागी भएको बताए ।

‘विद्युत सर्ट भएर लागेको आगो भर्खरै नियन्त्रणमा आएको छ’, सेनाका प्रवक्ता पौडेलले अन्नपूर्ण अनलाइनसँग भने, ‘समयमै आगो नियन्त्रणमा आएकाले कुनै पनि क्षति भएको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.