हुलाकी न्यूज,जनकपुरधाम :सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ आगलागी हुदा झन्डै ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो। यस आगलागीमा चार वटा घर जलेर खरानी बनेको छ भने आगोमा परेर एक जना गम्भीर घाइते समेत भएका हुन्।

स्थानीय हरिकिशुन खंंगको घरमा रहेको ग्यासको सिलिण्डर अचानक लिंक भएर आगलागी भएको स्थानीयबासिहरुले बताए।आगलागीमा हरिकिशुनसहित रामचन्द्र खंग र नकछेदी खंगको चार घर जलेको वडा अध्यक्ष राजेन्द्र साहले बताएका छन ।उनका अनुसार आगोमा परेर हरिकिशुन गम्भीर घाइते भएका छन् । हरिकिशुनको उपचारको लागि तत्काल राजविराज स्थित गजेन्द्रनारायण सिह अचल अस्पताल पठाइएको वडा अध्यक्ष साहले जानकारि दिए ।रातिको समयमा आगलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, गरगहनासहितका सवै सरसमान जलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुमानअनुसार आगलागीमा झण्डै ७५ लाख भन्दा बढिको क्षति भएको वडा अध्यक्ष साहको भनाई छ ।राजविराज र हनुमाननगर नगरपालिकाबाट पुगेको वारुणयन्त्र, नेपाल र सशस्त्र प्रहरी तथा स्थानियवासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.