हुलाकी न्यूज,काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा  एक नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् । मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन्।प्रहरीका अनुसार बिहान सात बजेतिर मीनामाथि उक्त आक्रमण भएको हो । दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको र महिलालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको बताए ।

प्रहरीले विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.