हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ काे राैतहटमा काेराेना खाेप लगाएकाे ८ घण्टापछि एक वृद्धाकाे मृत्यु भएकाे हो।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर–३ मलाही बस्ने ७१ वर्षीया धनमन्ती देवी मलाहको काेराेना खाेप लगाएकै कारण मृत्यु भएको परिवारजनले आराेप रहेको छ। खोप लगाएकाे केही समयपछि ज्वरो र श्वासप्रश्वासमा समेत कमि भई लगातार वान्ता भएपश्चात मृत्यु भएको उनका छोरा भविक्षण सहनीले बताएका हुन्।
उनका अनुसार फागुन २४ गते दिउँसो करिब अढाई बजे स्थानीय मलाही स्वास्थ्य चाैकीमा खोप लगाएर घर फर्के लगतै ज्वराे आएकाे र श्वास प्रश्वासमा कमी र लगातार वान्ता हुँदै करीब साढे १० बजे राति मृत्यु भएको हो।घटना पश्चात् करीब २/३ घण्टा हाेहल्ला पश्चात जिल्ला स्वास्थ्य कार्यालयका टाेली र गरूडा प्रहरी चाैकी पुगेर निरिक्षण समेत गरेका थिए।
अनुसन्धानका सुशील पाण्डे सहितका व्यक्तिले वृद्ध शरीरलाई पाेष्टमार्टम किन गराउने सम्बन्धित जिल्ला प्रहरी र सिडियाेलाई घटना बारे जानकारी गराइ सकिएकाे भनी शवकाे पाेष्टमार्टम गराउन दिएन । दाहसंस्कारपछि सहयाेगका लागि कुनै पहल नभएकाे उनले गुनासाे गरेका हुन्।
पिडीत परिवारले काेराेना भ्याक्सिन लगाएकै कारण मृत्यु भएकाे आराेप लगाइरहेका छन भने समुदायमा त्रास नफैलाेस उद्देश्यले सम्बन्धित निकाय घटना लुकाउन खाेजिरहेका हुन्।
घटना बारे रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनभिज्ञता प्रकट गर्दै आफुलाई थाहा नभएकाे बताएका छन् भने रौतहटमा यस्तो कुनै घटना भएको आफ्नो जानकारीमा नरहेको बताए ।
प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले पनि आफुलाई थाहा नभएकाे बताए । अनुसन्धानका सुशील पाण्डे भन्ने व्यक्तिले आफुलाई यश घटनामा मुछने प्रयास गर्ने भइरहेकाे भन्दै खुलेर कुरा गर्न चाहेन । घटना बारे आफुलाई जानकारी भएपनि कसैलाई कुनै सहयाेग गराई दिने प्रतिबद्धता नजनाएकाे भने ।प्रशासनिक निकायले घटना लुकाउन खाेजेपनि प्रदेश स्वास्थ्य निर्देशनालयले घटना सत्य हाे भन्ने कुरा घुमाउराे पारामा स्वीकार गरेका छन ।निर्देशनालयका निमित्त निर्देशक विजय झाले भने काराेना मृत्यु खोप लगाएकाे दिन धनमन्तीकाे मृत्यु भएकाे हाे तर खाेपकै कारण मृत्यु भएकाे हाेइन ।
उनले भने,‘कोरोनाविरुद्धको भ्याक्सिन लगाएपछि त्यसको असर आधा घण्टामै देखिने भएकोले मृतकमा त्यस्तो कुनै लक्षण आधा घण्टाभित्र देखिएको थिएन । त्यसैले उनको मृत्युको कारण भ्याक्सिन नै हो भन्न मिल्दैन ।



