हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा युथ एड्भोकेसि नेपाल शाखा कार्यालय जनकपुरधामको आयोजनामा खुल्ला छलफल कार्यक्रम  सम्पन्न भएको छ।

सामाजिक कार्य दिवसको अवसरमा जनकपुरधाम स्तित  गंगासागरको घाटको डिलमा “सामाजिक क्षेत्रमा युवाको अवसर तथा चुनौतीहरु बिषयमा गरिएको छलफलमा समाजसेवी, बुद्धिजीवी, नागरिक समाज, पत्रकार, विभिन्न संघसंस्थाका जस्तै ओरेक धनुषाकि रोजलिन सिंह बच्छार, सामाजिक अभियन्ता जमुना भुजेल, इन्सेक प्रदेश इन्चार्ज राजु पासवान , पत्रकार वि.पि साह तथा नागरिक समाजका मुरलिमनोहर मिश्र लगायत ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो।

पूरानो कालमा गाउँ र सहरमा हुने कचहरी गोष्ठि वा मधेशमा कचहरी बस्ने चलन लोप हुन आटेको भन्दै नयाँ पुस्ताले त्यस्ता मौलिक ईसथिति लाई संरक्षण तथा सम्बर्द्धन गर्न अग्रसर रहनु पर्ने तथा यस्ता कार्यक्रमबाट युवालाई प्रबल सम्भावना तथा अवसर बारे जानकारी दिन सक्ने र साथै जनकपुरधामकोहरेक चोक तथा चौतारीमा बिभिन्न सामाजिक मुद्दा तथा बिषयमा कचहरी बस्ने बारे समेत आयोजक संस्थाका अभियान संयोजक दिवाकर उप्रेतीले जानकारी दिएका हुन्। जसको विधिवत रूपमा आज बाट सुरु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.