हुलाकि न्यूज,जनकपुरधाम : महोत्तरी जिल्लाकाे संग्रामपुरमा सोमबार मध्यरातीमा १४ जनाको समूहमा एक घरमा डकैति गरिएको छ । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका वडा नम्बर ६ संग्रामपुरमा डकैती भएको हो ।

स्थानीय नवलकिशोर यादवको घरमा १२/१४ जनाको समूहमा गएको डाँकाहरुले मध्यरातमा डकैती गरेका हुन्।

उनीहरुले करिव ८ लाख नगद र ३/४ तोला सुन लुटेर फरार भएको उनका छिमेकी राजिशरण यादवले बताएको छ ।

उनले दिएको जानकारी अनुसार घरको मूल ढोका तोडेर डाँकाहरु राती करिव १२ बजेको समयमा घरभित्र प्रवेश गरी डकैती गरेको नवल किशोर लगायत परिवारका अन्य सबै सदस्यहरूलाई एउटै कोठा भित्र बन्द अथवा थुनेर बाँकी कोठाहरुबाट नगद र गरगहना लुटेर फरार भएका हाे ।

यता, प्रहरीले भने डाँकाहरुको समूहलाई प्रकाउ गर्न नसकेको र उनीहरुको खोजी भइरहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.